तेज तामाङ र विशाल सुनुवार महङ्गो मुल्यमा बिक्री

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीका मिडफिल्डर तेज तामाङ महङ्गो मुल्यमा नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौं रेजर्समा अनुबन्ध भएका छन् । सोल्टी होटलमा भईरहेको अक्सनमा काठमाडौेंले तेजलाई २ लाख रुपैयाँमा किनेको हो ।

नेपाल पुलिस क्लबका मिडफिल्डर तेजमाथि विराटनगर सिटी फूटबल क्लब, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फूटबल क्लब र धनगढी फूटबल क्लबले दुई लाख रुपैयाँको बोली लगाएपछि गोला प्रथाका आधारमा काठमाडौं भाग्यमानी बनेको हो ।

यस्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका गोलरक्षक विशाल सुनुवारपनि अधिकतम मूल्य दुई लाख रुपैयाँमा एफसी चितबवनमा अनुबन्ध भएका छन् । उनलाई चितवन सहित ललितपुर, पोखराले बोली लगाएका थिए ।

तस्बिर:- हाम्रो खेलकुद डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *