USAID

कांग्रेसको नेतृत्व लोकतान्त्रिक हुन सकेनः वरिष्ठ नेता पौडेल


दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टीनै पहिला लोकतान्त्रिक हुन आवश्यक रहेको बताएका छन् ।

नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको भन्दै पौडेलले देशमा राजनीतिक अन्योल देखिएजस्तै कांग्रेसभित्र पनि उस्तै खालको अन्योल सिर्जना भएको बताए ।

पार्टीका केन्द्रीय सदस्य दीपक गिरीका पिता स्व लोकमणि गिरीको १३औँ दिनको पुण्यतिथिमा बिहीबार दाङको तुलसीपुरमा आयोजित श्रद्धाञ्जलिसभामा नेता पौडेलले देश अहिले अप्ठ्यारो परिस्थितिमा रहेको बेला प्रमुख प्रतिपक्ष दलको हैसियतले कांग्रेसले ठोस कदम चाल्नुपर्ने बेला पार्टी नै अलमलमा परेको बताए ।

वरिष्ठ नेता पौडेलले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण रहेको भन्दै यसको रक्षाका लागि कांग्रेसले सही निर्णय गर्नुपर्ने बेला आएको बताए । देश अहिले अन्यौलमा फसेको र अब के हुन्छ भन्ने अन्यौललाई चिर्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो ।

उनले आफूले सधैँ नीतिगत कुरा गर्दै आएको र विगतमा पनि सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको खुलेर विरोध गरेकोसमेत बताए । कार्यक्रममा पूर्वगृहमन्त्री देवेन्द्रराज कँडेलले पार्टीभित्र एकले अर्कोलाई हराउने प्रवृत्ति कायम रहेसम्म कम्युनिष्टले देशमा अझै राज गर्ने बताए ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *