USAID

काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का सचिव चार लाख घुससहित पक्राउ


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडासचिव ४ लाख घुससहित पक्राउ परेका छन् । अख्यिायार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सचिव भरत कुमार पोखरेललाई बिहीबार पक्राउ गरेको हो ।

पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *