USAID

चैत तेस्रो सातासम्म सवारीसाधनको भाडा समायोजन नगरे यातायातका साधन संचालन नगर्ने व्यवसायीको चेतावनी


काठमाडौं । यातायात व्यवसायीले सरकारसँग भाडा समायोजना गर्न माग गरेका छन् । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मुल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्न माग गरेका हुन् ।

चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने व्यवसायीले बताए छन् । पेट्रोलियम पदार्थको पटक पटक मूल्यबृद्धि भएपनि सवारीसाधनको भाडा बृद्धि नभएको भन्दै व्यवसायीले यही अवस्थामा सवारीसाधन संचालन गर्न नसक्ने बताएका छन् ।

त्यस्तै व्यवसायीले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै मन्त्री नेम्वाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने बताएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *