USAID

भीम र एलिनाको ‘ऐना हेरी हेरी’


संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीको शब्दमा बिसीले संगीत भरेका छन् । गीतमा चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ ।

गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन प्रविन भट्टले गरेका हुन् । गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने अजय रेग्मीले छायाङ्कन गरेको भिडियोमा गायिका एलिना र बिसी आफैंले अभिनय गरेका छन् ।

गीतको भिडियोमा सरोज बुढाथोकीको श्रृङ्गार र कुशुम श्रेष्ठको पहिरन छ। सहायक निर्देशक सागरबाबु भट्ट रहेको गीत गायक बीसीले आफ्नै अफिसियल युटुब च्यानल भीम बिसी अफिसियलबाट सार्वजनिक गरेका हुन् ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *