एक मात्राले पुग्ने जोन्सन एन्ड जोन्सनको खोपलाई डब्लुएचओको मान्यता

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको कोभिडविरुद्धको खोपलाई विभिन्न प्रकारका कोरोनाभाइरसबाट ग्रस्त समेत गरी सबै देशमा प्रयोगको अनुमति दिएको छ ।

कोभिडविरुद्ध एकै मात्रा लगाए पुग्ने यो पहिलो अनुमतिप्राप्त खोप हो । यो खोप कम विकसित देशहरूमा वितरणका निम्ति थप सहज हुने बताइएको छ ।

डब्लुएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले सबै देशका सबै मानिसको पहुँचमा नपुगेसम्म नयाँ खोपले दिलाएको आशाले मूर्त रूप लिन नसक्ने बताएका छन् । मङ्गलवार उक्त खोपलाई युरोपेली औषधि नियामक निकायले पनि स्वीकृति दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *