टि-२० वरियतामा नेपालको स्थान यथावत

प्रज्जवल थापा । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले सार्वजनिक गरेको नयाँ टि-२० वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत रहेको छ । पछिल्लो समय कुनैपनि टि-२० खेल नेखेलेको नेपाल १५ औं स्थानमा यथावत रहेको हो ।

एसोसियट राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडि युएई १२ औं र स्कटल्याण्ड १४ औं स्थानमा रहेको छ । टि-२० वरियताको शिर्ष स्थानमा इङ्ल्याण्ड रहेको छ । यस्तै दोस्रो स्थानमा भारत, तेस्रोमा अस्ट्रेलिया र चौथो स्थानमा पाकिस्तान रहेको छ ।

खेलाडीतर्फ भने नेपालका पारस खड्का ब्याटिङ वरियताको ७० औं स्थानमा रहेका छन् भने बलिङमा सन्दीप लामिछाने ८३ औं स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *