बम विस्फोटमा परी अफगानिस्तानमा पाँच महिला र एक बालकको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

साँझको व्यस्त समयमा काबुल भएको यस बम विस्फोटमा परी पाँच महिला एक बालक मारिनुको साथै अन्य अन्य १७ घाइते भएका मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई जानकारी दिएका छन् ।

आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यद्यपी बम आक्रमणको तालिबान लडाकू समूहले कुनै टिप्पणी गरेका छैनन् । यसैगरी मंगलबार उत्तरी अफगानिस्तानको बघलान युनिभर्सिटीका विद्यार्थी र शिक्षक बोक्ने एक बसमा भारी हतियारसहित बन्दुकधारीहरुले आक्रमण गरेका थिए ।

आक्रमणमा परी एक विद्यार्थी र चालक मारिनुको साथै अन्य छ जना शिक्षक घाइते भएका बघलान विश्वविद्यालयका डीन अब्दुल कादिर महानले बताए ।

गत आइतबार राजधानी काबुलमा भएको दुईवटा बम विस्फोनमा तीन जना सर्वसाधारणको मृत्यु हुनको साथै एक दर्जन भन्दा बढी घाइते भएका थिए । अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ताको बावजुद पनि पत्रकार, कार्यकर्ता र सरकारी कर्मचारीहरू विरुद्धको हत्या जारी रहेको बताइएको छ । हालका केही महिना यता अफगानिस्तानमा हिंसा बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *