त्रिदेशीय फुटबल प्रतियाेगिता: नेपालकाे पहिलाे खेल किर्गिस्तानसँग

प्रज्जवल थापा । त्रिदेशीय फुटबल प्रतियाेगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानको सामना गर्ने भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले सार्वजनिक गरेको खेल तालिका अनुसार उत्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने भएका छन् ।

प्रतियोगिता चैत १० गतेबाट दशरथ रंगशालामा शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल चैत १२ गते किर्गिस्तानसँग खेल्नेछ भने दोस्रो खेलमा चैत १४ गते बंगलादेशको सामना गर्नेछ । यस्तै समुह चरणकाे शिर्ष स्थानमा रहने दुई टोलीले उपाधिको लागि चैत १६ गते प्रतिस्पर्धा गर्नेछन् ।

फिफा विश्वकप छनोट अन्तर्गतका खेलहरु स्थगित भएपछि एन्फाले त्रिदेशीय फुटबल प्रतियाेगिता आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *