नेपाल सुपर लिग फूटबलको टिम र मालिक सार्वजनिक

प्रज्जवल थापा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) को टिम र मालिकको नाम सार्वजनिक भएको छ । आयोजक नेपाल स्पोर्टस एन्ड म्यानेजमेन्टले आइतबार एक कार्यक्रम गर्दै टिम र मालिको नाम सार्वजनिक गरेको हो ।

लिगमा ७ टोलीको सहभागिता रहनेछ । फ्रेन्चाइज टिमहरुमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लब रहेका छन् । यस्तै विराटनगरका मालिक अनुप रन्जन भट्टराई, ललितपुरका टिम मालिक कामना गुरुङ, चितवनका मालिक चन्द्र ढकाल, काठमाडौंका मालिक चिरन्जिबी शाह, पोखराका मालिक निराकर श्रेष्ठ, बुटलवका मालिक राजकुमार तिमल्सिना र धनगढीका मालिक सुवाश शाही रहेका छन् ।

लिग आगामी वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ । लिगको लागि खेलाडी छनोट अक्सनबाट हुनेछ । हरेक टोलीमा विभिन्न श्रेणीका २० खेलाडी रहनेछन् । लिगमा विदेशी खेलाडीको पनि उपस्थिती रहनेछ । हरेक टोलीले टिममा ३ जना विदेशी खेलाडी राख्न पाउनेछन् भने मैदानमा दुई खेलाडी मात्र उतार्न पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *