USAID

बेन्जिमाको दुई गोलमा रियल म्याड्रिड विजयी

  • 760
    Shares

प्रज्जवल थापा । फ्रान्सेली स्ट्राइकर करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिडले इल्चेमाथि २-१ गोलको संघर्षपुर्ण जित निकालेको हो ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा रियललाई जित दिलाउन दुवै गोल करिम बेन्जिमाले गरे । इल्चेको लागि डानी काल्भोले गरेको गोल सान्त्वनामा सिमित रह्यो । पहिलो हाफ गोलरहित बराबरीमा खेलको ६० औं मिनेटमा टेटे मोरेन्टेको पासमा काल्भोले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

७३ औं मिनेटमा लुका मोड्रिकको पासमा बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई बराबरीमा ल्याए । यस्तै अतिरिक्त समयको पहिलो मिनेटमा रोड्रिगोको पासमा बन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियल म्याड्रिडलाई २-१ गोलको जित दिलाए । जितसँगै म्याड्रिड २७ खेलमा ५७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।


  • 760
    Shares
CivActsAd

One thought on “बेन्जिमाको दुई गोलमा रियल म्याड्रिड विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *