टोलीमा फर्किए रोमस र हाजार्ड

प्रज्जवल थापा । रियल म्याड्रिडका कप्तान सेर्जियो रोमस र इडेन हाजार्ड टोलीमा फर्किएका छन् । दुवै खेलाडीलाई प्रशिक्षक जिनेदिन जिदानले इल्चेविरुद्व खेल्ने टोलीमा समावेश गरेका छन् ।

म्याड्रिडको लागि यस हप्ता महत्वपूर्ण रहेको छ । टोलीले शनिबार घरेलु लिगमा इल्चेको सामना गर्दै छ भने मंगलबार च्यापियन्स लिग अन्तर्गत हुने अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एटलान्टाको सामना गर्दै छ । पहिलो लेगमा रियल १-० गोलले विजयी भएको थियो ।

इल्चेविरुद्व खेल्ने रियल म्याड्रिडको टोलीइल्चेविरुद्व खेल्ने रियल म्याड्रिडको टोली

टोलीका प्रमुख खेलाडीद्व्य हजार्ड र रोमस फर्किएसँगै म्याड्रिड थप बलियो देखिएको छ । चोटका कारण एक महिना भन्दा बढी समय मैदान बाहिर बिताएका दुवै खेलाडीले केही दिनयता सबै खेलाडीसँग नियमित प्रशिक्षण गरेका थिए । गत सिजन चेल्सीबाट म्याड्रिडमा भित्रिएका हाजार्ड बारम्बार चोटका कारण मैदान बाहिरिदा क्लबमा गतिलो छप छोड्न सकेका छैनन् ।

शनिबार इल्चेविरुद्व हुने खेलमा दुवै खेलाडीले केही समय खेल्ने सम्भावना रहेको छ । प्रशिक्षक जिदानले शनिबार दुवै खेलाडीलाई केही मिनेट खेलाउदै च्याम्पियन्स लिगको लागि तयार बनाउन चाहन्छन् । टोलीका अन्य खेलाडी मार्सेलो, ओर्डिओला, कार्भाहल, मरियानो डियाज अझैपनि चोटका कारण मैदान बाहिर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *