पहिलो टि-२०: इङ्ल्याण्डविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

प्रज्जवल थापा । भारत र इङ्ल्याण्डबिच हुने पाँच खेलको टि-२० सिरिज आजबाट अहमदाबादमा शुरु हुँदैछ । पहिलो टि-२० खेलमा इङ्ल्याण्डले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

नरेन्द्र मोदी रंगशालामा शुरु हुन गइरहेको खेलमा दुवै टोलीसित जितसहित सिरिजको शुरुवात गर्न चाहन्छन् । भारत टेस्ट सिरिजको उत्कृष्ट लयलाई निरन्तरता दिने दाउमा छ भने इङ्ल्याण्ड टेस्ट सिरिजमा भोगेको हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ ।

भारतको प्लेइङ ११:- शिखर धवन, केएल राहुल, विराट कोहली(कप्तान), श्रेयस आयर, ऋषभ पन्त(विकेटकिप्पर), हार्दिक पाण्डय, वासिङ्टन सुन्दर, अक्सर पटेल, भुवनेश्वर कुमार, शार्धुल ठाकुर, युज्वेन्द्र चहाल,

इङ्ल्याण्डको प्लेइङ ११:- जेसन रोए, जोस बट्लर(विकेटकिप्पर), डेविड मालन, जोनि बैर्स्ट्रो, इयोन मोर्गान(कप्तान), बेन स्टोक्स, साम कुरान, क्रिस जोर्डान, जोफ्रा आर्चर, अदिल रसिद, मार्क वुड

तस्बिर:- आईसीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *