प्रज्जवल थापा । युईएफए युरोपा लिगमा इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले बराबरी खेलेका छन् । बिहिबार राति भएको अन्तिम १६ को पहिलो लेगमा युनाइटेड र मिलानले १-१ गोलको बराबरी खेलेका हुन् ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको लागि एमड डिएल्लोले एक गोल गर्दा मिलानको लागि सिमोन क्जेरले एक गोल गरे । खेलको ५० औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा डिएल्लोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा राडे क्रुनिकको पासमा सिमोन क्जेरले गोल गर्दै मिलानको हार टारे ।
अब दुई टोलीबिच दोस्रो लेग सान सिरोमा मार्च १८ मा हुनेछ ।

