पेरिस डाँडामा राखियो माओवादी केन्द्रको बोर्ड

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने फैसला गरेसँगै माओवादी केन्द्रले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा नयाँ बोर्ड राखेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगको आधिकारिक पत्र पाएपछि आज बोर्ड राखेको हो ।

पार्टीका कार्यालयहरुमा आ-आफ्ना बोर्ड राख्ने क्रममा माओवादी केन्द्रले पेसिसडाँडामा बोर्ड राखेको हो । पार्टी एकता उल्ट्याउने सर्वोच्चको फैसलापछि एमालेको ओली पक्षले हिजै धुम्बाराहीमा एमालेको बोर्ड राखेको थियो ।

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले अदालतको फैसला र निर्वाचन आयोगको पत्र प्राप्त भएपछि नयाँ नामको बोर्ड राखिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *