पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ । सोमबार पेरिसडाँडामा बसेको बैठकले स्थायी कमिटी बैठकले अलगअलग जाने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

नेकपाका नेता माधवकुमार नेपालले अब एमालेतिरै हुने परिस्थिति बनेको बताए । उनले भने, ‘अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो । एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर हामीले निर्णय गर्छौँ ।’ उनले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने बताए ।

यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको गरेपछि बैठकले यस्तो निर्णय गरेको हो । अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ । यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *