मोराटाको दुई गोलमा युभेन्टसको शानदार जित

प्रज्जवल थापा । स्पेनिस फर्वार्ड अल्भारो मोराटाको दुई गोलको मद्दतमा इटालियन लिग सिरि ए मा युभेन्टसले शानदार जित निकालको छ । गएराति भएको खेलमा युभेन्टसले लाजियोलाई ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान एल्लिनाज एरिनामा भएको खेलमा युभेन्टसलाई जित दिलाउन अल्भारो मोराटाले दुई र एड्रिन राबियोटले एक गोल गरे । लाजियोको लागि जोक्विन कोरेराले गरेको गोल सान्तवना गोलमा सिमित रह्यो । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको १४ औं मिनेटमा कोरेराले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।

३९ औं मिनेटमा मोराटाको पासमा राबियोटले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए । ५७ औं मिनेटमा चिएसाको पासमा मोराटाले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । ६० औं मिनेटमा मोराटाले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युभेन्टस ३-१ गोलले विजयी भयो ।

जितसँगै युभेन्टसले शिर्ष स्थानको इन्टर मिलानसँग दुरि ७ अङ्कमा झारेको छ । हाल युभेन्टस २५ खेलमा ५२ अङ्कको साथ तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *