मोतीपुरका जनताको विरोध प्रदर्शनमा मेरो साथ र समर्थन छः घनश्याम भुसाल

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले मोतीपुरका जनताको विरोध प्रदर्शनमा आफ्नो साथ र समर्थन रहेको बताएका छन् । भुसालले विज्ञप्ति जारी गरी औद्योगिक करिडोर शिलान्यासमा नागरिकका तर्फबाट भएको विरोध प्रतिरोधमा आफ्नो साथ र समर्थन रहेको बताएका हुन् ।

भुसालले स्थानीयसँग सामान्य छलफल पनि नगरी सरकारका दुई–दुई जना मन्त्रीले जुन दमनपूर्ण हर्कत गरेका छन् त्यसले उनीहरुको जनविरोधी मुकुण्डो उदाङ्गो भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘करिब साढे चार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिईं, उनीहरुसँग सामान्य छलफल नगरी, वातावरणीय प्रभाव मुल्याइकनसमेत नभएको र केवल राजनीतिक प्रचारका लागि देखाइएको ’मोतिपुर औद्योगिक करिडोर’ को तथाकथित शिलान्यास कार्यक्रमको विरोध गर्न पुगेका स्थानीय बासिन्दामाथि काम चलाउ सरकारका दुई–दुई जना मन्त्रीहरुले जुन दमनपूर्ण हर्कत गरेका छन्। त्यसले उनीहरुको जनविरोधी मुकुण्डो उदाङ्गो भएको छ। ’

रूपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोरको शिलान्यास कार्यक्रमलाई स्थानीयले विरोध गर्दै शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई लक्षित गरेर ढुंगामुढा गरेका थिए । केही स्थानीय र सुरक्षाकर्मी घाइतेसमेत भएका थिए। स्थानीयको अवरोधपछि मन्त्री पौडेल भाषण गर्दागर्दै बीचमै हिँडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *