बबुल र सुजताको ‘तिम्रो हुने कहिले’

बबुल गिरी र सुजता केसीको ‘तिम्रो हुने कहिले’ गीत सार्वजनिक भएको छ । गीत ‘क्लासिक फार्म मूभि’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको शब्द र संगीत संयोजन बबुल गिरीको रहेको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतलाई कोरस स्वर नितु पौडेल र रमिला बानले दिएकी छिन् ।

गीतलाई रेकर्डिङ र मिक्सिङ मनोज डङ्गोलले गरेको हुन् भने डबिङ गिरिस रिजालाले गरेको हुन् । गीतमा प्रकाश चन्द, मौसमी ओली, कारण पाण्डे, सबिन बास्तोला, शारदा गिरी, मीना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललितसिंह साउद, शेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कङना बस्नेत, सरोज मानन्धरले जोडदार अभिनय गरेका छन् ।

रामकृष्ण चौलागाईले छायाङ्कन गरेको गीतलाई ललित सिंह साउदले सम्पादन गरेका हुन् । कथा तथा निर्देशन राजु गिरीले गरेका हुन् भने निर्माता श्याम खत्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *