- 756Shares
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । शुक्रबार बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो ।
नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो ।
वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा प्रचण्ड र नेपालले आधिकारिक पार्टी आफूहरू रहेको बताएका छन् ।
- 756Shares