प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँगै महासचिव विप्लव नवलपुरबाट सार्वजनिक

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै महासचिव विप्लव सार्वजनिक भएका छन् ।

दुई वर्षदेखि भूमिगत रहेका नेकपाका महासचिव विप्लवको नवलपुरबाट सार्वजनिक भएका हुन् । महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी शुक्रबार बिहान काठमाडौ प्रस्थान गरेका हुन् । सहिद–सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ’रमा’ को परिवारलाई विप्लवले भेटेका पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।

उनका अनुसार सहिद फूलमाया सारू ’रमा’ को २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमाथिको कारवाहीमा सहादत भएको थियो । उनलाई कार्यकर्ताले दलदलेबाट शुभकामना दिँदै काठमाडौंका लागि बिदाई गरेका थिए। प्रहरी स्कटिङमा आजै काठमाडौं आएर प्रधानमन्त्री केपी ओली सँग उनले संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

विप्लव पक्षसँग बिहीबार तीनबुँदे सहमति भएपछि बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षयता लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो। सहमतिका विषय बुँदागत रूपमा नखुलाइए पनि त्यसको विस्तृत विवरण शुक्रबार प्रधानमन्त्री ओली र विप्लव दुवै नेताले एकै मञ्चबाट सम्बोधन गरी सार्वजनिक गर्ने कार्यक्रम छ ।

सहमतिअनुसार नै विप्लवका बन्दी नेता–कार्यकर्ता रिहाइ गर्ने क्रम सुरु भइसकेको छ । सरकारले उनीहरूलाई रिहा गर्न सम्बन्धित प्रशासन कार्यालयलाई सर्कुलर गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *