दक्षिण सुडानको जोङ्गलाई राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुईसहित दश जनाको मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको जानकारी दिएका हुन् । उनले विमानमा सवार दुई पाइलट सहित दश जनाको मृत्यु भएको जानकारी दिए ।
दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु
