बाइडन प्रशासनले रुसविरुद्ध प्रारम्भिक प्रतिबन्धहरूको घोषणा गरेको छ। मस्कोले विपक्षी नेता एलेक्सी नभाल्नीको हत्या गर्न खोजेको भन्दै अमेरिकाले त्यस्तो कदम उठाएको हो।
अमेरिकाले सातजना रुसी अधिकारी र एक दर्जनभन्दा अन्य संस्थालाई प्रतिबन्धको सूचीमा राखेको छ। मस्कोले त्यस्तो अमेरिकी कदमको निन्दा गर्दै जवाफ दिने बताएको छ।
