काठमाडौं । सभामुख, मन्त्रीहरू र सांसदलाई आज कोरोनाविरूद्ध खोप लगाइने भएको छ । फागुन २३ गतेका लागि प्रतिनिधि सभा बैठक आह्वान भएपछि उनीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका अनुसार आज बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिनेछ । मीनभवनस्थित निजामती अस्पतालमा उनीहरुलाई खोप दिने तयारी छ ।
।
