बङ्गलादेश ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने

बङ्गलादेश संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अन्तर्गत कुनै पनि किसिमको सुरक्षा सहकार्यमा सामेल हुने विचार नगरेको एक बङ्गलादेशी अधिकारीले बताएका छन् ।

बङ्गलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले राजधानी ढाकामा पत्रकारहरूसँग कुरा गर्दै सरकारको पछिल्लो धारणा सार्वजनिक गरेका हुन् । ह्वाइट हाउसका एक अधिकारीले आफूलाई यस मुद्दाको बारेमा हालसालै सम्पर्क गरेको उनले बताए ।

त्यस अवसरमा अमेरिकी अधिकारीले भारत–प्रशान्त क्षेत्रमा कडा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजनालाई अघि सारेको बताएका छन् ।

उनले भने, “हामीले भनेका थियौं कि हामी यसको बारेमा सोच्ने पनि छैनौँ । हामी सुरक्षित छौं । बरु हामी आर्थिक विकास र पूर्वाधार विकासमा रुचि राख्छौँ ।” उनले बङ्गलादेशले अब यसको विकासलाई बढी महत्व दिन्छ । “हामी पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्दैछौं र हाम्रा जनतालाई उत्कृष्ट जीवन प्रणाली विकासका लागि कार्यक्रम दिइनेछ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *