इथिओपियामा बीबीसीका पत्रकार सेनाको हिरासतमा

इथिओपियाको द्वन्द्वग्रस्त टिग्रे क्षेत्रमा रहेका बीबीसीका सम्वाददातालाई त्यहाँको सेनाले हिरासतमा लिएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार बीबीसी टिग्रिन्या सेवाका ती पत्रकार गरमेअ गेब्रुलाई अन्य चारजना मानिसहरूसँगै क्षेत्रीय राजधानी मेकेलेबाट सेनाले कब्जामा लिएको थियो ।

पत्रकार गिरमेलाई मेकेलेस्थित एक सैनिक शिविरमा राखिएको बताइएको छ । बीबीसीले उनलाई गिरफ्तार गर्नुपर्नाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ र इथिओपियाका अधिकारीहरू समक्ष गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।

त्यहाँ हालैका दिनहरूमा फाइनान्सिअल टाइम्स र एएफपी न्यूज एजेन्सीका लागि काम गर्ने एकजना स्थानीय पत्रकार टामिराट येमाने र दुईजना दोभाषे आलुला अकालु र फिट्सम बरहेनलाई हिरासतमा लिइएको छ ।

इथिओपियाको सरकारले गत नोभेम्बर महिनादेखि टिग्रेमा विद्रोही सैन्यसँग लडाईँ गरिरहेको छ । टिग्रेमा द्वन्द्व सुरु भएयता महिनौँसम्म कडा रूपमा सञ्चारजगतमाथि प्रतिबन्ध लागु गरेका अधिकारीहरूले गत हप्तादेखि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई त्यहाँ प्रवेश दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *