अख्तियारको टोली आएपछि आठ लाख घुस फ्याँकेर गाउँपालिकाका अध्यक्ष फरार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर भाग्दै गरेका धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । चालक र गाडी नियन्त्रणमा लिएपनि अध्यक्ष भने फरार भएका छन् ।

भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनमा क्षेत्रीले अतिरिक्त रकमबापत ८ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारको टोली पछि लागेको थाहा पाएपछि अध्यक्ष क्षेत्र भने घुस रकम भने बाटोमा फ्याँकेर भागेका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *