प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज सेभिल्ला र बार्सिलोना भिड्दै छन् । खेल नेपाली समय अनुसार राति ९ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेल जित्दै सेभिल्ला आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । सेभिल्लाले आफ्नो लिगको पछिल्लो ५ खेलमा सतप्रतिशत जित निकालेको छ । हाल सेभिल्ला २३ खेलमा ४८ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ ।
यता बार्सिलोनापनि आजको खेल जित्दै दोस्रो स्थानमा उक्लिन चाहन्छ । हाल बार्सिलोना २४ खेलमा ५० अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५२ अङ्क रहेको छ । पछिल्लो ५ खेलमा अपराजित रहेको बार्सिलोना आजको खेलमापनि सोही लयलाई निरन्तरता दिने दाउमा छ ।
दुई टोलीबिच भएको पछिल्लो ३२ खेलमा २२ खेल बार्सिलोनाले जितेको थियो भने ४ खेल सेभिल्लाले आफ्नो पोल्टामा पारेको थियो ।
