विश्वमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० हजारको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ११ करोड २६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ६९ हजार भन्दाबढी नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ११ करोड २६ लाख हजार ३६ सय ७८१ पुगेको छ।

यस्तै, कोरोना संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा १० हजार २ सय बढीको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण हालसम्म २४ लाख ९५ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको छ। विश्वमा हालसम्म ८ करोड ८२ लाख २३ हजार ९८९ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा दुई करोड १९ लाख १७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । विश्वमा सबैभन्दाबढी प्रभावित अमेरिकामा हालसम्म संक्रमितको संख्या दुई करोड ८८ लाख ९७ हजार २ सय ६४ पुगेको छ । संक्रमितमध्ये एक करोड ९२ लाख १२ हजारभन्दा बढी निको भएका छन् भने ५ लाख १४ हजार ९ सय ६७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप १ सय जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ५९८ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा १३ हजार ४६३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ करोड १० लाख २९ हजार ३२६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *