चीनद्वारा भारतीय सैनिकसँगको झडपबारे नकारात्मक अफवाह फैलाउने ६ जना पक्राउ


चीनले गत जुनमा भारतीय सैनिकसँगको झडपमा परी मारिएका सैनिकहरूबारे सामाजिक सञ्जालमा ‘नकारात्मक’ पोष्ट गर्ने कम्तिमा छ जनालाई पक्राउ गरेको छ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार ती सामाजिक सञ्जाल प्रयोगकर्तालाई तीन वर्षअघि ल्याइएको बहादुर र सहिदहरूको अपमान गर्न नपाउने कानुनअन्तर्गत अनुसन्धान र सजाय भएको हो।

चीनले गल्वानमा भारतीय सेनासँग भएको झडपमा ज्यान गुमाएका चिनियाँ जनमुक्ति सेनाका चार जनालाई शुक्रबार मरणोपरान्त सम्मान गरेपछि उनीहरूले ज्यान गुमाएको खुलासा भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *