विश्वमा कोरोना संक्रमणबाट २४ लाख ८५ हजार भन्दा बढीको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ८५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख ८५ हजार २९१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ७९ हजार ७ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ करोड २२ लाख ५८ हजार ४४० पुगेको छ । हालसम्म विश्वमा ८ करोड ७७ लाख ८४ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

संक्रमितमध्ये २ करोड १९ लाख ८८ हजार ९५७ जना सक्रिय संक्रिमत रहेका छन् भने ९३ हजार २२२ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख १२ हजार ५ सय ९० जनाको मृत्यु भएको छ भने २ करोड ८८ लाख २६ हजार भन्दा बढी संक्रमित भएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड १० लाख १५ हजार नाघेको छ भने १ लाख ५६ हजार ४९८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७९२ जनामा संक्रमण पुष्टि भएको छ भने ८० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *