कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको निधन

  • 9
    Shares

काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा यो साता थप एक जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा १ जनाको कोरोना संक्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणबाट निधन हुने नेपालीको संख्या ३ सय ३६ पुगेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।


  • 9
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *