बिजुलीको पोलमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

धनगढी । मोटरसाईकल बिजुलीको पोलमा ठोक्केर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कैलालीको धनगढीबाट कञ्चनपुरतर्फ गइरहेको मोटरसाइकल हुलाकी सडक खण्डमा रहेको बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको हो।

धनगढीबाट कञ्चनपुरको बेलौरीतर्फ गइरहेको ना ४४ प ९७०४ नम्बरको मोटसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक बेलौरी नगरपालिका–८ कलकत्ताका २३ वर्षीया गोबिन्द चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।

उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। सोही मोटरसाईकलमा पछाडी सवार अर्का एक जना घाइते भएका छन्।

घाइते हुनेमा कलकत्ताकै २३ वर्षीय हिक्मत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। घाइते हिक्मतको सेती अस्पतालमै उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *