च्याम्पियन एपिएफको लगातार ११ औं जित

प्रज्जवल थापा । राष्ट्रिय महिला लिग च्याम्पियन नेपाल एपिएफ क्लबले लगातर ११ औं जित हात पारेको छ । बुधबार दिउँसो भएको खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले विराटनगर महानगरपालिका मोरङमाथि १-० गोलको संघर्षपुर्ण जित निकालेको हो ।

मुख्य खेलाडी सावित्रा भण्डारीबिना मैदान उत्रिएको एपिएफलाई जित दिलाउन अनिता केसिले निर्णायक गोल गरिन् । अनिताले खेलको ५५ औं मिनेटमा शरु लिम्बुको पासमा गोल गरेकी थिइन् । खेल शुरुहुनु अगावै एपिएफ च्याम्पियन भएको थियो । आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेपछि एपिएफ दुई खेल अगावै च्याम्पियन भएको थियो । यस्तै आर्मीपनि लिगको दोस्रो स्थानमा रहेर लिगको अन्त्य गर्ने पक्का भएको छ । एपिएफले लिगको अन्तिम खेलमा आर्मीको सामना गर्नेछ ।

जितसँगै एपिएफ ११ खेलमा ३३ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । आर्मी ११ खेलमा २६ अङ्कको साथ दोस्रो स्थानमा छ । लिगको पूरा खेल खेलिसकेको बिराटनगर १६ अङ्कको साथ तेस्रो स्थानमा छ । यस्तै एक/एक खेल खेल्न बाँकी रहेका पुलिस, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका क्रमशः चौथो, पाँचौ, छैटौं र सातौ स्थानमा रहेका छन् ।

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *