USAID

दियालो बालेर सिँचाइ कुलो निर्माण

केदार मगर, खोटाङ । चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५०० मिटर लामो सिँचाइ कुलोमा अहिले बाह्रै महिना उत्तिकै मात्रामा पानी सञ्चालन हुन्छ ।

बिनाप्राविधिक स्थानीय कामदार लगाएर निर्माण गरिएका सिँचाइ कुलोमा १२० मिटर लामो पहाड छेडिएको सुरुङसमेत पर्द