प्रज्जवल थापा । पेरिस सेन्ट जर्मन(पिएसजी)का स्टार खेलाडी नेयमार जुनियर घाइते भएका छन् । बाँया खुट्टामा चोट बोकेका नेयमार कम्तिमा एक महिना मैदान बाहिर रहने पक्का भएको हो ।
यससँगै उनले युईएफए च्यापियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को बार्सिलोना विरुद्वको पहिलो लेगपनि गुमाउने छन् । खेल फेब्रअरी १६ मा बार्सिलोनाको घरेलु मैदानमा क्याप नोउमा हुनेछ ।
२९ वर्षिय ब्राजिलियन फर्वार्ड कोप डे फ्रान्स अन्तर्गत बुधवार राति काएन विरुद्वको खेलमा घाइते भएका थिए । नेयमारसँगै अर्का स्टार खेलाडी एन्जल डि मरिया बार्सिलोनाविरुद्वको खेलमा उपलब्ध हुनेछैनन् ।
