आईपिएल अक्सनमा नेपालबाट सन्दिप मात्रै, न्युनतम मूल्य ४० लाख

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटको अक्सनको लागि नेपालबाट लेग स्पिनर सन्दिप लामिछाने मात्र छनोट भएका छन् । भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले अक्सनको लागि सार्वजनिक गरेको २९२ खेलाडीको सुचिमा नेपालबाट सन्दिपमात्र अटाएका हुन् ।

नेपाल क्रिकेट संघ(क्यान)ले सन्दिप सहित ८ खेलाडीको नाम सिफारिस गरेको थियो ।यसपटक सन्दिपको न्युनतम मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको छ । आइपिएल २०२१ को अक्सन फेब्रुअरी १८ मा चेन्नईमा हुनेछ ।

यसअघि सन्दिपले आईपिएलको तीन संस्करण दिल्ली क्यापिटल्सबाट खेलेका थिए । उनले आईपिएलमा ९ खेल खेक्दै १३ विकेट लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *