बार्यनलाई ‘फिफा क्लब विश्वकप’

प्रज्जवल थापा । जर्मन क्लब बार्यन म्युनिखले फिफा क्लब विश्वकपको उपाधी जितेको छ । बिहीबार राति भएको खेलमा बार्यनले टिग्रेसलाई १-० गोलले पराजित गर्दै उपाधी चुमेको हो ।

कतारमा भएको फाइनलमा बार्यनलाई जित दिलाउन बेन्जामिन पभार्डले खेलको एकमात्र गोल गरे । खेलको ५९ औं मिनेटमा पभार्डले गोल गर्दै जर्मन टोलीलाई खेलमा अगाडि बढाएका थिए । बाँकि समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्यन १-० गोलले विजयी भएको हो ।

यससँगै बार्यनले १२ महिनाको अन्तरालमा ६ उपाधी जितेको छ । यसअघि सन् २००९ मा बार्सिलोनाले मात्र यस उपलब्धि हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *