रामकुमारीको गिरफ्तारी तानाशाहीकरणको अर्को प्रक्रिया हो: झलनाथ खनाल

काठमाडौं ।  प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष झलनाथ खनालले रामकुमारी झाँक्रीको गिरफ्तारी तानाशाहीकरणको अर्को प्रक्रिया भएको बताएका छन्।

संक्षिप्त कुराकानी गर्दै खनालले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर सुरू गरेको तानाशाहीकरणलाई अघि बढाउन खोजेको बताए।

उनले प्रधानमन्त्री ओलीले वाक स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै रामकुमारीबाट त्यसको सुरूआत भएको समेत बताए।

‘रामकुमारीको गिरफ्तारी निन्दनीय छ। उहाँलाई नि:शर्त रिहा गरिनुपर्छ,’खनालले भने,‘उहाँलाई रिहा नगरिएमा यसको परिणाम सरकारलेने व्यहोर्नुपर्ने चेतावनी दिन चाहन्छु।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *