प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा चौदण्डीगढीमाथि वालिङले शानदार जित निकालेको छ । बिहिबार दिउँसो भएको खेलमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा वलिङलाई जित दिलाउन क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गर्दा क्यामरुनकै टौटा ओरनेला नोईलीले दुई गोल गरिन् । चौदण्डीगढीको लागि अन्जना थुलुङले गरेको गोल सान्तवना गोलमा सिमित रह्यो ।
जितसँगै वालिङ ९ खेलमा १८ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । प्रतियोगितामा अहिलेसम्म अङ्कको खाता खोल्न नसकेको चौदण्डीगढी लिगको पुछारमा रहेको छ ।
