रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पाेशाकका प्रहरी निवासमा, घरबाहिर नाराबाजी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोप लागेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेकाे छ । महानगरीय अपराध महाशाखाबाट खटिएका सादा पाेशाकका प्रहरी झाँक्रीलाई नियन्त्रणमा लिन उनकै शंखमुलस्थित निवास घेरेरे बसेकाे छ ।

प्रहरी पुगेपछि झाँक्रीकाे घरबाहिर उनकाे समर्थनमा ठूलाे जनसमुदायले नाराबाजी गरिरहेकाे छ । युवाहरूकाे समूहले “नालायक केपी चाहिँदैन, जनताकाे छाेरी समाउँन पाइँदैन”, “रामकुमारी झाँक्री हाई हाई, केपी विद्या बाई बाई”, “पुलिस हस्तक्षेप बन्द गर”, “हाम्राे आन्दालन जारी छ” भन्दै नारा लगाइरहेका छन् । नाराबाजीका बीच सरकारले ठूलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरेकाे छ ।

यसअघि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको जानकारी दिएका थिए ।

झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । बुधबार पार्टीको विरोधसभाका पनि उनले राष्ट्रपति प्रधानमन्त्रीको असिस्टेन्टको रुपमा प्रस्तुत भएको भन्दै विरोध गरेकी थिइन् । उनले प्रजातन्त्रको हत्या गर्ने प्यादा र खलपात्रको विरोध गर्न पाइने बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *