ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

ग्रीस । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन्।कोरोना भाइरसको महामारी फैलिँदै गएपछि न्यूनीकरण गर्न भन्दै उनले मङ्गलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरेका हुन्।

ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए।लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरी अनलाइन कक्षामा फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *