प्रज्जवल थापा । रियल म्याड्रिडलाई खेलाडीको चोटले निरन्तर सताइरहेको छ । ब्राजिलियन डिफेन्डर मार्सेलो चोटको कारण केहि समय मैदान बाहिर रहने क्लबले जनाएको छ ।
बुधबार अफिसियल वेवसाईट मार्फत जानकारी दिँदै मार्सेलोको देब्रे क्लाफमा मसल इन्जुरी भएको क्लबले जनाएको हो । मंगलबार रियल म्याड्रिडले गेटाफेविरुद्ध २-० गोलको जित निकालेको खेलमा मार्सेलोले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ६६ औं मिनेटमा मेन्डीको गोलमा पासपनि उपलब्ध गराएका थिए । तर खेलको अन्त्यमा मार्सेलो चोट बोक्दै मैदान बाहिरिएका थिए ।
यससँगै मार्सेलोले च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को एटलान्टाविरुद्धको पहिलो लेगपनि गुमाउनेछन् । यस्तै उनले घरेलु लिग अन्तर्गत भ्यालेन्सिया, रियल भिल्लाडोलिड र रियल सोसिडाडविरुद्धको खेलपनि गुमाउनेछन् ।
मार्सेलोसँगै सेर्जियो रोमस, रोड्रिगो, भाल्भेर्डे, मिलिटाओ, ओर्डिजोला, हजार्ड, कार्भाहाल र लुकास भास्क्वेसपनि चोटका कारण मैदान बाहिर रहेका छन् ।
