प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा आज चन्द्रपुर नगरपालिका रौतहट र विभागीय टोली नेपाल एपिएफ भिड्दै छन् । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ ।
एपिएफ लिगको एकमात्र अपराजित टोली हो । एपिएफ लिगको ७ खेलमा सतप्रतिशत जित निकाल्दै २१ अङ्कको साथ शिर्ष स्थानमा छ । यता चन्द्रपुर नगरपालिकाले पछिल्लो खेलमा बिराटनगर महानगरपालिकालाई १-० गोलले पराजित गरेको थियो । हाल चन्द्रपुर ७ खेलमा ६ अङ्क जोड्दै लिगको छैटौं स्थानमा छ ।
