नयाँदिल्ली । भारतको एक जोडीले ६० फिट गहिरो पानीभित्र विवाह गरेका छन् । त्यसका लागि तिनीहरुले केही अत्यधिक सामाजिक दूरीको अभ्यास गरेका थिए । चेन्नाई निवासी भि चिन्नादुराइ र एस स्वेथाबिच सोमवार विहान निलान्कराइको समुद«ी तटमा विवाह सम्पन्न भएको थियो । यसरी विवाहका लागि तिनीहरुले पानी भित्र डाइभ गर्नु अघि तिनीहरुको सहयोग टोलिले पानी शान्त छ वा छैन भन्ने किटान गरेको थियो ।
वर्षौंदैखि तैराकी पेशामा संलग्न अनुमति पत्र प्राप्त स्कुवा डाइभर दुलहा चिन्नादुराइले टाइम्स अफ इन्डियालाई बताएका छन्, विवाह पानी भित्र हुन बाहेक अन्य कुनै फरक छैन । हामीले अन्य सम्पूर्ण परम्परालाई निभाएका थियौं । पुरोहितले दिएको साइत अनुसार नै विहान साढे सात बज्नु अघि नै थाली बाँधेर हामीले एकले अर्कालाई माला पहिराएका थियौं ।
स्वेथाले भने विवाहकै तयारीका लागि एक महिना अघि देखि मात्र स्कुवा सिक्न थालेको बताएकीछन् । उनी भन्छिन् , ‘ म र मेरो परिवार नर्भस थियौं । तर हाम्रो साथ आठजना कुशल तैराकी थिए । हामीले विगत एक सतादेखि विवाह बन्धनमा बाँधिन प्रयास गरिरहेकाले पनि यो विवाहमा थप मज्जा आइरहेको थियो । हाम्रो विवाह आखिर समुद«को हातमा थियो ।
समुन्द्र भित्र भव्य विवाह
