महिला लिग: आज एपिएफ र चौदण्डीगढी भिड्दै

प्रज्जवल थापा । राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा नेपाल एपिएफ क्लबले चौदण्डीगढी नगरपालिका उदयपुरको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ ।

प्रतियोगितामा अपराजित रहेको एपिएफ ६ खेलमा १८ अङ्क जोड्दै शिर्ष स्थानमा छ । चौदण्डीगढीले भने लिगमा अङ्कको खाता खोल्न सकेको छैन । दोस्रो चरणको पहिलो खेलमा चौदण्डीगढी नगरपालिका आर्मीसँग ९-० गोलले पराजित भएको थियो । आर्मी ७ खेलमा १६ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *