काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन् ।
भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ । बहालवाला राज्यमन्त्रीमध्ये लामो अवधि गीत गाए वापत् ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ गराएपछि त्यसको प्रमाणपत्र लिन नयाँदिल्ली गएका मानन्धरले आइतबार स्वदेश फर्केपछि भारतलाई खोपको अनुदान कोटा बढाउन आग्रह गरेको जानकारी दिएका हुन् ।
उनले भारतसँगको दुईपक्षीय सम्बन्ध थप सुधार गर्न भारतीय पक्षबीच भएका वार्तामा कुराकानी भएको पनि जानकारी दिए । मानन्धरले गत पुस १० गते चार घन्टा पाँच मिनेट २० सेकेण्डसम्म लगातार गीग गाएर उक्त रेकर्ड कायम गरेका थिए ।
