इटाली कोरोना भाइरस सङ्क्रमणबाट ९० हजार भन्दा बढीको मृत्यु

इटालीमा गएको २४ घण्टाकोमा कोरोना भाइरस सङ्क्रमणका कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल सङ्क्रमितको संख्या ९० हजार २४१ पुगेको छ ।

इटालीमा गत वर्षको फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखा परेको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमणको माहामरी शुरु भएयता हालसम्म २५ लाख ९७ हजार ४४६ जना कुल सङ्क्रमित भएका छन् । इटालीमा बुधबार १५ हजार ७४८ कोरोनाा मुक्त भएपछि कोभिड –१९ को संङ्क्रमण शुरुभएयता हालसम्म २० लाख ७६ हजार ९२८ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।

बुधबार १३ हजार २७७ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखेपछि सक्रिय सङ्क्र्मितको संख्या ४ लाख ३० हजार २७७ रहेको जनाइएको छ ।

कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणबाट ५५ हजार भन्दा बढीको मृत्यु
गत २४ घण्टामा कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणका कारण २५४ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५५ हजार १३१ पुगेको स्वास्थ्य र सामाजिक प्रतिरक्षा मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टाको अवधीका ९ हजार ७९० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमितको कुल संख्या २१ लाख ३५ हजार ४१२ पुगेको छ ।

कोलोम्बियामा आगामी फेब्रुअरी २० बाट कोभिड १९ विरुद्धको खोप अभियान शुरु गरिने समाचारमा जनाइएको छ । यहाँँ सरकारले कोभिड–१९ को कारण लागू गरेको स्वास्थ्य आपतकालिन समयावधि फेबु्रअरी २८ सम्म विस्तार गरेको छ । मानिसहरुलाई भीडबाट जोगिन र सुरक्षाका उपायहरु अवलोकन गर्न सरकारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *