काठमाडौं । जनकपुरमा प्रहरी र नेकपाको प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले नेकपा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झामाथि आक्रमण गरी गम्भीर घाइते बनाएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिएका छन् । रिजालले प्रहरीले त्यहाँ जुलुशको पछाडिबाट ५० औं राउन्ड गोली चलाएको बताएका छन् ।


