प्रधानमन्त्री केपी शर्मा ओली आज पर्वत जाने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आज  पर्वत जाने भएका छन् ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटन गर्न उनी पर्वत जान लागेका हुन्। प्रधानमन्त्री ओलीले आज दिउँसो पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटमा रहेको २२०÷१३२ केभी सबस्टेशन, खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको २२० केभी प्रसारण लाइन र दानामा २२०÷१३२÷३३ केभि सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

प्रचण्ड नेपाल समूहको आम हड्तालका कारण सुरक्षा चुनौती थपिएको छ। पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी भने कुनै पनि कमजोरी र घटना नहुने गरी सुरक्षा तयारी गरिएको बताएका छन्। राजमार्गमा चल्ने सबै सवारी साधनलाई स्कर्टिङ्ग गर्ने तयारी समेत भएको छ भने सुरक्षा परिचालन बढाइएको छ।

पोखरा र बागलुङबाट थप सुरक्षा बल समेत मगाइएको छ। प्रधानमन्त्रीको कार्यक्रमका लागि नेपाल प्रहरीका डिआइजी घनश्याम अर्याल, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका डिआइजी समेत बुधवार देखि नै पर्वतमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *